काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषधसहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन् ।
प्रहरीकाअनुसार उनको डेरा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन २६० पिस फेला परेको हो ।
असार ४ मा आरोपीको डेरा खानतलासी गरेर प्रहरीले २ लाख २५ हजार नगद पनि बरामद गरेको थियो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।