विराटनगर । मोरङ, झापा र उदयपुरबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने ३५ बर्षीय श्यामकुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यस्तै सोमबार राति झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउनसुगर २ ग्राम ०४० मिलिग्रामसहित पक्राउ गरेको छ ।
यस्तै, उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागूऔषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।