विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दामा कुनै टिप्पणी नगर्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब अदालतको विषय भएकाले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।
महामन्त्री थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने पनि बताए ।