काठमाडौं । प्रथम पाटीगाउँ कप–२०८२ आमन्त्रित फुटबल प्रतियोगिताको खेलतालिका सारिएको छ । अविरल वर्षाका कारण खेल एक दिनपछि सारिएको छ ।
पाटीगाउँ खेलकुद विकास समिति केराबारी गाँउपालिका वडा नं.१, पाटीगाउँको आयोजनामा जेठ २२ गतेदेखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । अविरल वर्षाका कारण सडक पुर्णरुपमा अवरुद्ध भए पश्चात खेलाडीहरुको सहजताका लागि पहिलेको समय भन्दा एक दिन समयपछि सारिएको पाटीगाउँ खेलकुद विकास समितिका अध्यक्ष तिलक लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा ८ समूह सहभागी हुनेछन् । जसमा केराबारी एफसी मोरङ, ब्याक डेभिल एफसी धरान, तुङ्खा एफसी लेटाङ, तालतलैया एफसी इटहरी, लाप्चेटार वाइसी धनकुटा, पाटीगाँउ एफसी मोरङ, मादेन एफसी धनकुटा रहने छन् ।
पाटीगाउँको इतिहासमा पहिलोपटक ठुलो धनराशिको आमन्त्रित फुटबल प्रतियोगिता आयोजना हुन लागेको लिम्बूले बताए । प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने दोश्रो पुरस्कार नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहने छ ।
प्रतियोगितामा म्यान अफ द म्याच, हाइ स्कोरर, बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वार्ड, बेस्ट कोच, द राइजिङ प्लेयर, म्यान अफ द टुर्नामेन्ट जस्ता पदक पनि दिइने घोषणा आयोजकले जानकारी दिएको छ ।