November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

युवा संघको अध्यक्षमा क्षितिज थेबे प्यानलै विजयी

1.4K

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे चिर्वाचित भएका छन् । पोखरामा सम्पन्न पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

सार्वजनिक मत परिणाम अनुसार थेबे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।

यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी हुँदा उनका प्रतिस्पर्धी ६४९ मत ल्याएका छन् ।

Advertisement

१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित हुने छन् ।