November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा न्यायिक छानबिन समितिको माग

1.3K

काठमाडौं। लोसपाका सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको विषयमा न्यायिक छानबिन समितिको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बैशाख १७ गते चौधरीलाई पक्राउ गरी पाँच घण्टासम्म हिरासतमा राखिएको विषयमा छानबिन समितिको माग गरेका हुन् ।

उनले नाउपा र जनमत पार्टीबीच एकता हुने दिन कार्यक्रमस्थलबाट नै रेशमलाई पक्राउ गरिनु र पाँच घण्टापछि रिहाई गरिएको घटना नै रहस्यमयी भएको भन्दै यसबारे सर्वोच्च अदालतका न्यायाधीशसम्मिलित न्यायिक छानबिन समिति बनाउनुपर्ने माग गरे ।

Advertisement

उनले रेशम चौधरी पक्राउ परेको घट्नालाई सामान्य रुपमा नलिनपनि सरकारलाई आग्रह गरेका छन् ।