November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पुन: प्रदेश नामाङ्कन र मुक्कुम्लुङमा केवलकार खारेजी विषयक विचार गोष्ठी सम्पन्न

1.1K

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

जसपा नेपालको आयोजनामा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्व शान्तिमन्त्री तथा जसपा नेपाल सहअध्यक्ष रकम चेम्जोङ, लेखक तथा बिश्लेषक खगेन्द्र संग्रौला, नेपाल जनमुक्ति पार्टी अध्यक्ष केपि पालुङ्वा, मुक्कुमलुङ संरक्षण अभियन्ता श्री लिङ्खिमको उपस्थितिमा धरानमा सम्पन्न भएको हो ।

भेलामा धार्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङ पाथीभरामा व्यापारीकरण रोकेर प्राकृतिक रुपमै संरक्षण गर्नुपर्ने र सबै पहिचान समेटेर प्रदेशको नाम पुनः नामाङ्कन गर्न आवश्यक रहेको विचार मन्थन भएको छ ।

Advertisement

उल्लेखित विषय उपर पार्टीले आगामी दिन नेतृत्वदायी भूमिका खेल्नुपर्ने वक्ता र सहभागीहरुको जोड थियो ।

कार्यक्रमको दौरान स्वतन्त्र विद्यार्थी युनियनमा निर्बाचित विद्यार्थी नेताहरुलाई सम्मान समेत गरिएको थियो ।