काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर प्रतिशोध साँधेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन् ।
यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको बताइएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।