November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

केन्द्रीकृत, एकात्मक, सामन्ती संस्कारबाट हामी मुक्त हुन सकेका छैनौं: सिटौला

975

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै पनि सङ्घीयता बमोजिम नबनेको बताएका छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै  उनले भने, ‘तीन तहको सरकार त ल्यायौं, अब बजेट अधिवेशन शुरु हुने बेलामा देशभरका स्थानीय तहका साथीहरू, प्रदेश सभाका साथीहरू हामीलाई यस्तो किसिमको बजेट चाहियो है भनेर केन्द्रमा आउने प्रवृत्ति अत्यन्त विकास भएर गएको पाइन्छ । सिंहदरबारले सबै काम गरिदिनुपर्छ, चाहे ५० लाखको बजेट होस् या १ करोडको भन्ने मानसिकता छ। हाम्रो पनि मानसिकता झन्डै झन्डै त्यस्तै छ। एक वाक्यमा भन्ने हो भने केन्द्रीकृत, एकात्मक, सामन्ती संस्कारबाट हामी मुक्त हुन सकेका छैनौं।’

नयाँ संविधान ल्याए पनि काम गर्ने शैली पुरानै रहेको बताउदै उनले पार्टी केन्द्रमुखी नै भएको बताएक हुन्।
सिटौलाले भने, ‘हाम्रो ढर्रा पुरानै छ । चाहे पार्टीका सङ्गठन हुन्, चाहे सरकारका सङ्गठनहरू हुन् हामी केन्द्रमुखी नै छौं । त्यसैले आगामी अधिवेशनबाट हाम्रो छलफल, आउने बजेटले हामी वास्तवमै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना बमोजिम हामी जनताको हितमा व्यापक काम गर्न सक्छौं भन्ने देखाउन सकौ

Advertisement