November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सप्तकोशी नदी किनारबाट गाँजा बरामद

1.3K

उदयपुर। उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदी किनारमा बेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युबमाथि नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement