April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

रवि लामिछानेलाई गरेको पक्राउ कानुनी प्रक्रिया विपरीत : रास्वपा सचिवालय

430

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया कानून विपरित भएको बताएको छ । सचिवालयको बुधबार बसेको बैठकले लामिछानेलाई चैत २२ मा गरिएको पक्राउ कानुनी प्रक्रिया विपरीत रहेको ठहर गरेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार उच्च अदालतले गरेको आदेश कानुनी प्रक्रिया पूरा नगरी कार्यान्वयन गरिएको सचिवालय बैठकले ठहर गरेको छ ।

रास्वपा सचिवालयले भनेको छ, ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सम्मानपूर्वक स्वीकार गर्दै आफैं गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा उच्च अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै चैत २२ गते प्रहरीले सभापति रवि लामिछानेलाई गरेको पक्राउ कानुनको उचित प्रक्रिया विपरीत रहेको हाम्रो ठम्याई छ । चैत २२ गते राति पक्राउ पर्नुभएका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पूर्जी दिइएकाले उहाँको दुई दिन तीन रातको हिरासत बसाई स्वतः अवैध छ ।’

Advertisement

रास्वपाले लामिछानेलाई पक्राउ गर्न प्रहरी प्रशासनले खेलेको भूमिकालाई लिएर पनि आलोचना गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी प्रहरी लामिछानेको घरमा पक्राउ गर्न पुगेको रास्वपा सचिवालयको भनाइ छ ।