April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजावादी आन्दोलनमा सक्रिय स्वागत नेपाल प्रहरी नियन्त्रणमा

455

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ पर्नेमा मिश्रसहित नेताहरू धवलशम्शेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ लगायत रहेका छन् । 

उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।