विराटनगर । ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ ।
विराटनगर–१२ का २६ वर्षीय देवानन्द अधिकारीले २० लाखको लगानीमा शुक्रबारदेखि डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् । ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यसहित व्यवसाय संचालनमा ल्याएको उनले बताए ।
भारतको पञ्जाव टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकांक्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको उनको भनाइ थियो । सुरुवाती चरणमा २० लाखबाट सुरु गरेपनि लगानी थप बढ्ने उनले जानकारी दिए ।
महिला, पुरूष तथा बालबालिकालाई प्राथमिकता दिएर फेसन डिजाइन गरिने बताउदै उनले ग्राहकको चाहना अनुसार सहुलियतमा गुणस्तरीय सामग्री उपलब्ध गराउने बताए ।
ग्राहकहरूको लागि अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गरि तयारी भइरहेको उनको भनाइ थियो ।
उनीसँगै अध्ययन गरेका चण्डिगढका जगदिप सिंह पनि उनीसँगै छन् । सिंहले ग्राहकले खोजेको डिजाइन तयार पारेर गुणस्तरीय सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको बताए । आवश्यक कच्चा पदार्थ भारतबाट ल्याएर यँही डिजाइन तयार गर्ने उनले बताए ।
द मोक्स डिजाइनर यार्ड’ को उद्वघाटन मोडल साजिद आलमले गरेका थिए ।