April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बेलायतमा पनि भव्य रुपमा मनाइयो ‘जनयुद्ध दिवस’

1.1K

लण्डन । बेलायतमा भव्य रुपमा ‘जनयुद्ध दिवस’ मनाइएको छ । जनयुद्ध दिवसको अवसर पारेर ‘जनप्रगतिशील मञ्च युके’ले लण्डनमा कार्यक्रमको आयोजना गरेको हो ।

मञ्चकी अध्यक्ष बिमला लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रगतिशील मन्च अन्तरदेशीय प्रवास कमिटी सहसंयोजक रणबहादुर केसी, माओवादी केन्द्रीय सल्लाहकार सुरेश गौतम, सुरेन्द्र नेपाल श्रेष्ठ, डोलराज भण्डारी लगायत नेताहरू तथा नेकपा माओवादी समर्थित सयौं कार्यकर्ता र जनयुद्धमा योगदान दिएकाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष मान गुरुङ, तुल छन्त्याल, पूर्व उपाध्यक्ष कर्म पहाडी, सल्लाहकार मिनु श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार निर्भीकजंग रायमाझीले कविता वाचन, सुरेन्द्र श्रेष्ठले गीत प्रस्तुत गर्नुका साथै नवीन सापकोटाले जनयुद्ध र जनप्रगतिशील मन्चको इतिहास प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा माओवादी प्रवास कमिटी संयोजक नेता राम कार्की नेपालबाट लाइभ जोडिएका थिए । कार्यक्रम संचालन जनप्रगतिशील मञ्च युकेका महासचिव कृष्ण खनालले गरेका थिए ।