काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ । १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको दुव्र्यवहारको घटनाबाट आफूहरू स्तब्ध रहेको क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले बताएका हुन् ।
एक विज्ञाप्ति जारी गर्दै उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पु¥याएका छैनौँ ।’
दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको उनको भनाई छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा भनिएको छ । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् ।
पत्रमा भनिएको छ, ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौं र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ ।’
उनीहरू (नेपाली विद्यार्थी)लाई भारतीय जस्तै माया गरेको उल्लेख गर्दै उनीहरूलाई तुरुन्तै नियमित अध्ययनमा सामेल हुन पत्रमार्फत अपिल गरिएको छ ।
उक्त दुव्र्वहारलाई लिएर अहिले नेपाल लगायत भारमा पनि चर्को विरोध भइरहेको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले छानबिनका लागि कुटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका हुन् ।
उनले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गरेका छन्।
यस्तै, राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । ‘सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको छ,’ उनले भने, ‘नेपाल सरकराले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरुको उद्धार गर्नुपर्छ ।’
अर्का सांसद कृष्णबहादुर रोकायले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थी माथि दमन भइरहेको भन्दै आपत्ति जनाए भने सांसद मदनकुमारी शाह गरिमाले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाए ।
यस्तै, सांसद मोहम्मद खालिदले लम्सालको मृत्यु प्रकरण सम्बन्धमा नेपाल सरकारले जिम्मेवार केआइआइटी विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरुको सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
सांसद तुलप्रसाद विश्वकर्माले पनि लम्सालको मृत्यु प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराए ।