April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

650

काठमाडौं । श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । नेपालमा नियमित उडान गरिरहेको एयरलाइन्सले भाडा घटाएको हो ।

श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको कम्पनीले जनाएको छ। 

घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने बताइएको छ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको हो ।

यसअघि नेपाल वायुसेवा निगमले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।