April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश 

660

काठमाडौं । एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । बालश्रम शोषणको आरोपमा पक्राउ परेकी उनलाई यही कसुरमा यसअघि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले भनेको हो ।

उनीविरुद्ध आफ्नै घरमा काम गर्न राखिएकी बालिकालाई कुटपिट र यातना दिएको कसुरमा काठमाडौं महानगरपालिकाले उजुरी दिएको थियो । महानगरपालिकाको अनुगमनको क्रममा बालिकाले आफुमाथि हिंसा हुँदै आएको बताएकी थिइन् । सोही आधारमा उनको उद्धार गरी महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

mostbet

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अहिले नयाँ सरकार बनेपछि नयाँ जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो ।

Advertisement