April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु १८ घाइते

२०८१ कार्तिक २०

840

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । घाइतको संख्या १८ पुगेको छ ।

वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।