November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’

1.1K

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ।

सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो।

नेपालले एक खेलअगावै आइतबार सिरिज जितिसकेको थियो। पहिलो खेल १७ रनले जितेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो।

Advertisement

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।

अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीमा अन्तिम खेलमा नेपाल विजयी भएको हो।