April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बाढी प्रभावित क्षेत्रमा एमालेको युवा विद्यार्थीले सरसफाइ अभियान चलाउँदै

730

 काठमाण्डौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले ललितपुर जिल्लाको नख्खु क्षेत्रमा सरसफाइ अभियान चलाएको छ ।

जनताको पीडामा सङ्गसङ्गै  एमाले भन्ने अभियान अन्तर्गत बाढी प्रभावित क्षेत्रमा बिहीबारबाट सरसफाइ अभियान चलाएको हो । 

अभियानमा  रामजी सापकोटा नेतृत्वको स्वयंसेवकहरुद्वारा हिजो र आज  बाढी प्रभावित ललितपुरको नख्खु क्षेत्रमा सरसफाइ गरिरहेका छन् ।

Advertisement

ललितपुर महानगरपालिका वडा न १८ को आदिनाथ टोल मार्ग बागमती नख्खु दोभानमा खटिएको हो । २ वटा समूह बनाएर सरसफाइ कार्य जारी राखेको 
युवा विद्यार्थी विशेष जिल्ला कमिटी  इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए । 

गत असोज १० र १२ गते परेको अविरल वर्षाका कारण सो क्षेत्र बाढी प्रभावित रहेको थियो । उक्त क्षेत्रमा नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको तर्फबाट स्वयंसेवक टोली परिचालन गरिएको हो  ।

पार्टी केन्द्रको निर्देशन बमोजिम जिल्ला अध्यक्ष रामजी सापकोटाको नेतृत्वमा स्वयंसेवक टोली खटाइएको पौडेलले बताए । टोलीमा एमाले केन्द्रीय सदस्य रमेश पौडेल, उपत्यका प्रदेश अध्यक्ष प्रेम पराजुली र युवा नेता अभिषेक गुप्तालगायत ललितपुर इलाका कमिटीका युवा विद्यार्थीहरू सहभागी थिए । 

स्वयंसेवक टोलीले घरधनीहरूको अनुरोधमा बाढीले पुरिएका सामानहरू निकाल्ने, घर सफा गर्ने र घरका भग्नावशेषहरू हटाउने काम गरेको छ ।