April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विराटनगरमा भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा

सुजता लिम्बु
२०८१ आश्विन १८

855

विराटनगर । बिहीबार साँझ एक जना साइकलयात्रीको मृत्यभएपछि विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी)लाई लक्षित गरेर ढुंगामुढा भएको छ ।

शुक्रबार बिहान भन्सार कार्यालय तोडफोडको प्रयास भए प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेका छन् । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

Advertisement

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीले उपचारका लागि विराट नर्सिङ होम पठाएका थिए । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० वर्षिय दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोसित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहारसमेत गरेको प्रहरीले जनाएको छ ।

त्यस क्रममा आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

भिडलाई रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक)सहित ४ जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।