काठमाडौं । संस्कृतिविद् प्राडा प्रेम खत्रीको कृति ‘साना निबन्ध’ विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा मंगलबार कुलपति भुपाल राईले उक्त कृतिलाई सार्वजनिक गरेका हुन् ।
प्रा.पुन्य खत्री तथा सिद्धार्थ पब्लिक एकेडेमीका प्रधानाध्यापक अन्जु थापा प्रकाशक रहेको पुस्तक सार्वजनिक समारोहमा लामो समयदेखि लेखन तथा अनुसन्धानदाताको रूपमा राष्ट्रसेवामा अर्पित महेश चन्द्र प्रधानलाई सम्पदा सम्मानसमेत प्रदान गरिएको थियो । सम्पदा अनुसन्धान सदनका अध्यक्षसमेत रहेका प्राडा खत्रीले २५ हजार रूपैयाँ राशिसहिको सम्मानबाट प्रधानलाई सम्मानित गरेका हुन् ।
सदनको वार्षिक साधारण सभासमेत सम्पन्न गरिएको उक्त समारोहको संचालन अन्जु केसीले गरेकी थिइन् ।
कर्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा प्राज्ञहरूको सहभागिता रहेको थियो ।
कर्यक्रममा नेपालको संस्कृति एवं सम्पदा जगेर्नामा गर्न सकिने योगदान तथा उपलब्धिको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै कुलपति भुपाल राईले प्राडा प्रेम कुमार खत्रीले नेपालको संस्कृतिमा पु¥याएको योगदान, उनको शोध तथा अनुसन्धान, प्रज्ञा प्रतिष्ठानकै सहकार्यमा छापिएका उनका ठूला कृतिहरू आदिको समेत चर्चा गरेका थिए ।
सम्पदा अनुसन्धान सदनका उपाध्यक्ष प्राडा भवेश्वर पङ्गेनीले नेपालको संस्कृति लिखतमा भन्दा पनि धेरै यहाँका व्यक्तिअरुको अभ्यासमा रहेको र त्यस्ता व्यक्तिको भौतिक उपस्थिति गुम्न जाँदा सिंगो अध्याय नै समाप्त हुने हुँदा यसलाई लिपिबद्ध गर्न अत्यन्तै जरुरी भएको बताए । ८१ वर्ष पुग्न लाग्दासमेत योगदानको क्रमलाई जारी राख्दै आफ्ना निजी बासस्थानलाई समेत सार्वजनिकरण गर्दै सम्पदा अनुसन्धान सदनको स्थापना गर्दै पुस्तकालय एवं विद्यार्थी तथा शोधकर्ताहरूका लागि निशुल्क बासस्थानको स्थापना गरेको भन्दै उनले प्राडा खत्रीको प्रशंसा गरे ।
यसै क्रममा त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्व विभागीय प्रमुख प्राडा वीणा पौड्यालले नेपालको संस्कृति एवं अध्ययनमा अतुलनीय योगदान दिलाएका प्राडा प्रेम कुमार खत्री शताब्दी पुरुष सत्यमोहन जोशी पछिकै महत्वपूर्ण व्यक्तित्व रहेको बताउँदै उनलाई सो स्तरकै सम्मान दिलाउनुपर्नेमा समेत जोड दिए ।
नेपालका प्राज्ञिक क्षेत्रका विभिन्न प्रतिष्ठित पदमा समेत बसी योगदान दिएका प्राडा खत्रीले आफ्नो जीवनको ६० वर्षभन्दा लामो समय शिक्षण सेवामा अर्पण गरेका छन् भने उनको अनगिन्ती प्रकाशित उत्कृष्ट कृतिहरूवाट विद्यार्थी, सोधार्थी तथा संस्कृत विषय तथा नेपालको संस्कृति र सम्पदामा चासो राख्ने व्यक्तित्वहरूले फाइदा लिइरहेका छन् ।
हाल नेपालको प्राज्ञिक क्षेत्रमा देखिएको विचलनलाई सन्तुलनमा ल्याउन प्राडा प्रेम खत्री अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै छन् ।