April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली सेना र कटहरी गाँउपालिकाको संयुक्त आयोजनामा दुईदिने विपद सम्बन्धि तालिम सुरु

सुजता लिम्बु
२०८१ आश्विन ६

1K


विराटनगर । दुईदिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सुभारम्भ भएको छ । भैरव गण थलाहा र कटहरी गाँउपालिकाको आयोजनामा स्थानिय समुदायमा विपद् सचेतना एवम् खोज तथा उद्धार तालिम – २०८१ आइतबारबाट सुभारम्भ भएको हो ।

दैवीक प्रकोप, बाढीपहिरोका विषयमा नेपाली सेना जनतासँगै घुलमिल हुनेभएकाले भैरव गण थलाह व्यारेकसँगको सहकार्यमा तालिमको आयोजना गरिएको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरी बताउछन् ।

तालिमको सुवातका दिन विपद सम्बन्धि शैद्धान्तिक तालिम गराउने र सोमबार अर्थात भोली प्रयोगात्मक तालिम गराउने कार्यक्रम रहेको उनको भनाई थियो ।

Advertisement

भैरव गणका गणपतिको नेतृत्वमा तालिमको सुरुवात गरिएको बताउदै उनले आगलागी , बाढीपहिरोबाट कसरी बच्ने भन्ने तालिम दिईने बताए ।

नेपालको भौगोलिक विशेषताका कारण साथै विवशताका कारण विपतमा अव्यस्त रहेको भैरव गणका गणपति प्रमुख सेनानी अशिम श्रेष्ठ बताउछन् ।

सैद्धान्तिक रुपमा नेपाली सेनाले सिकाउने भएपनि व्यवहारिकरुपमा आफूहरुले पनि सिक्ने उद्धेश्य रहेको प्रमुख सेनानी श्रेष्ठको भनाई थियो । ‘तपाईहरु गाँउबाट तालिम लिन आउनुभएको छ । यहाँको लोकल विपद केहो ? यसबाट व्यवहारिकरुपमा प्रतिकार्य गर्छौ । तपाईहरुबाट सिक्नेछौँ,’ उनले भने,‘ त्यसैको सुझावको आधारमा खोजि कार्य गर्छौ ।’

तालिमको सहजिकरणमा प्रमुख सेनानी अशिम श्रेष्ठ, सेनानी प्रविण थापा साथै उपसेनानी रिना विश्वकर्मा लगायतको टिमले गर्नेछन् ।

तालिममा जनप्रतिनिधि, वडाका विपद समितिबाट दुई–दुईजना प्रतिनिधि , नेपाल प्रहरी साथै नगर प्रहरीको समेत उपस्थिति रहेको गाँउपालिकाले जनाएको छ।