November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

संगीतकार दिनेशकाजी बान्तवालाई पितृशोक

1.3K

लन्डन । संगीतकार दिनेशकाजी बान्तवालाई पितृशोक परेको छ । दिनेशका बुबा पूर्व ब्रिटिश सैनिक भक्तबहादुर राई (सुवास)को २८ अगस्ट २०२४ मा युकेमा निधन हो ।

भोजपुर जिल्ला, टेम्के मैयुङ गाउँपालिका वडा नं. ४, खोङटाङ स्थायी घर भई हाल ह्यारो, मिन्टलेक्स, बेलायतमा बस्दै आएका ७ गोर्खा राइफल्सका भक्तबहादुर ७९ वर्षका थिए । केही समयदेखि अस्वस्थ रहेका भक्तबहादुरको उपचारका क्रममा निधन भएको हो ।

पिता बिरामी परेपछि संगीतकार दिनेश भेट्नका लागि केही समयअघि युके आएका थिए ।

Advertisement

भक्तबहादुर (सुबास) केही वर्षदेखि श्रीमती पन्चदेवी राई र छोराहरु महेश राई, गायक रमेश राईसहित युकेमा बसोबास गर्दै आएका थिए । दिवंगत भक्तबहादुरको अन्तिम संस्कार किरात संस्कारअनुसार जन्मभूमि नेपालमा गरिने योजना रहेको जनाइएको छ । शव नेपाल लैजान परिवारसँगको सहकार्यमा किरात राई बान्तवा रुङ्माहाङ वात्तोङ समिति युके र किरात राई यायोक्खा प्राकास लन्डनले आवश्यक सहजीकरण गर्नेछन् ।

किरात राई बान्तवा रुङ्माहाङ वात्तोङ समिति युकेका अध्यक्ष बिनोदकुमार राईले स्व. भक्तबहादुर राई रुङ्माहाङ वंशको ज्वाइँचेला भएकाले बंशीय वात्तोङले सकेको र चाहिने सहयोग गर्न आकस्मिक भर्चुअल बैठकसमेत बसिसकेको बताए । ब्रिटिश सेनाबाट अवकास प्राप्त गरेपछि मृतक राई गाउँमै लामो समयसम्म समाज सेवा सँगै शिक्षण पेसामा संलग्न रहेका थिए ।