काठमाडौ । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको गुठीको बैठकले २०८० सालको मदन पुरस्कारबारे यस्तो निर्णय गरेको हो । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, जगदम्बा श्री पुस्कार प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय भएको छ । जगदम्बा श्री पुस्कारको पनि राशी चार लाख रुपैयाँ नै रहेको छ ।