November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्याङ्जाको वालिङमा बजेट विवाद

1.8K

वालिङ १३ भदौ । असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगरप्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएपछि यतिवेला वालिङ तातेको छ । प्रमाणिकरण गरिसकेको बजेट सञ्चारमाध्यमबाट सार्वजानिक भएपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ ।

सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै भदौ १३ मा नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकम लुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यक भन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रति झनै शंका पैदा गरेको छ ।

सार्वजानिक गरेको बजेट उपप्रमुखको समेत सहमतिमा निर्माण गरिएको पटक पटक बताउदै आएका नगर प्रमुख खांण प्रति लक्षित गरेर उपप्रमुख कविता तिवारीले आजै साँझ विज्ञप्ती जारी गरेपछि खाँणले वोलेको विषय समेत झुटा सावित भएको छ । तिवारीले आफूले स्रोत अनुमान गरेर नागरिकमैत्री बजेत सभामा पेश गरेको दावी गर्दै आएकी छन् ।

Advertisement