November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

3K

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक भएको छ। उक्त कृति काठमाडौंको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।

उक्त संस्मरण बारे बोल्दै सिके राउतले आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्वीर भएको बताए। 

यो पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्य विरूद्धको अभियोगमा जेल गएको संस्मरण उनले बताए।

Advertisement

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दा सम्मका सिके राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।