काठमाडौं । दार्जीलिङका कवि तथा चिन्तक राजा पुनियानीलाई दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा सम्मानित हुने भएका छन् ।
राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार श्री दिव्य बिक्रम नेम्बाङको नाममा स्थापित उक्त संस्थाले यसवर्ष पुनियानीलाई सम्मान गर्ने निर्णय गरेको हो।
रू ३० हजार नगद राशी रहेको उक्त सम्मान स्व दिव्य बिक्रम नेम्वाङको पाँचौ स्मृति दिवस भदौ १४ गते शुक्रबारको दिन झापा विर्तामोडमा वितरण गरिने प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले जानकारी दिए ।
यसअघि यो पुरस्कार प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बाले प्राप्त गरेका थिए ।
साहित्यकार दिव्य बिक्रम नेम्बाङ प्रजातान्त्रिक योद्धा पनि थिए । निर्वासनको क्रममा उनले तेस्रो आयामको मुखपत्र ‘फूल पात पत्कर’ प्रकाशन गरेका थिए ।