April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने व्यक्ति इमाडोलबाट पक्राउ

11.9K

ललितपुर । वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा करजन्हा न.पा. वडा नं. ६ घर भई हाल ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ बस्ने गुनेश कुमार ठाकुर रहेका छन् ।

प्रहरीका अनुसार उनले रविन्द्र सापकोटासँगको साझेदारीमा काठमाण्डौंको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रा.लि. बाट बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरुमा पठाउने भन्दै ठगी गरेका हुन् ।

ठाकुरले विभिन्न व्यक्तिहरुबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

Advertisement

इमाडोलबाट सोमबार पक्राउ परेका ठाकुरले ८५ जना व्यक्तिहरुबाट अन्दाजी एक करोड सन्तानब्बे लाख सत्र हजार रकम लिएको देखिएको र निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।