April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

खालिदा जिया जेलबाट रिहा हुने

23.5K

ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरिरहेको छ । यसैबिच राष्ट्रपति शहाबुद्दिनले विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । जिया रिहाई भएपछि मात्रै अन्तरिम सरकार गठन हुने बताइएको छ । जिया विपक्षी बङ्गलादेश नेशनलिष्ट पार्टी (बीएनपी)की प्रमुख हुन् ।

सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ को बिचमा उनी दुई पटक प्रधानमन्त्री थिइन् । सन् २०१८ यता जिया ढाकास्थित केन्द्रीय कारागारमा थुनामा छिन् । जियामाथि अहिले भ्रष्टाचार समेतका ३६ ओटा मुद्दा चलिरहेको छ । यसैबिच बंगलादेशमा प्रदर्शनकारीहरूले प्रधानन्यायाधीसको घरभित्र घुसेर तोडफोड गरेको खबर आएको छ । प्रदर्शनकारीहरूले त्यहाँबाट कार, फर्निचरको साथसाथै अनेकौँ घरायसी सामान लुटेर लगेको बताइएको छ ।

Advertisement