November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्व सल्लाहकार सहित ७३ जनाको सजाय माफ

2.3K

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिन लाग्दा बुधबार ७३ जनाको सजाय माफ दिएका छन्। सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ।’

 उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने त्यसमा समावेश छैन। ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो। मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो। राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेको अमेरिकी संचार माध्यमहरुले बताएका छन्।

 यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै छन्।

Advertisement