November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘मदन पुरस्कार–२०८०’ का लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

1.2K

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८०’ का लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ । प्राप्त भएका ३ सय ४ पुस्तकमध्येबाट पाँच पुस्तक छनौट गरिएको अध्यक्ष कुन्द दीक्षितले बताएका छन् ।

मंगलबा सार्वजनिक गरिएको सूचना अनुसार डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’ छन् ।

यिनैमध्येबाट एक पुस्तकलाई २०८० को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

Advertisement