April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सङ्खुवासभामा पहिरोले पुरिएर दुईजनाको मृत्यु, एकजना घाइते

955

विराटनगर । सङ्खुवासभामा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका–१ बिलुवा दोभानस्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाइते भएका हुन् ।

मंगलबार बिहान ५ बजे मोतीमाया राईको घरमा पहिरोसँगै ढुंगा झर्दा टाटी बेरा भएको घरभित्र रहेका ६ जनामध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छिन् ।

घाईते रबिनालाई थप उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।

Advertisement

घरका अन्य सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।

घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।