April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पदभार ग्रहण

1.2K

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गर्नुका साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए ।

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

Advertisement