April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रतिनिधि सभाको बैठक बस्दै

800

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।

Advertisement