April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेस–एमालेको सरकार भ्रष्टाचार ढाकछोपका लागि: सांसद पाण्डे

985

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस–एमालेको सरकार गिरिबन्धु, नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार प्रकरणहरु छोप्नका लागि बन्न लागेको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरुको बुझाइ रहेको बताएका हुन् ।

उनले भने, ‘गिरिबन्धु प्रकरण छोप्नुपर्ने भयो, भुटानी शरणार्थी काण्ड छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ । त्यो नहोस्, त्यो उहाँहरुमाथि लागेको आरोप गलत ठहरियोस् । तर आमरुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ ? गलत कुरा छोप्न हो कि भन्ने शंका सबैको छ ।’

Advertisement

सांसद पाण्डेले एमाले र कााग्रेस सरकारमा आफूहरु सम्मिलित हुने कुरा नसोचेको र आफूहरुको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए ।