काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज रुसको दुईदिने भ्रमणमा जाँदैछन् । तेस्रोपटक भारतको प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो विदेश भ्रमणसमेत हो ।
उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मस्को जान लागेका हुन् ।
पश्चिमा राष्ट्रहरूले रुसलाई घेर्ने नीति लिइरहेका बेला मोदीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । मोदी मस्कोमा हुने २२औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार मोदीको भ्रमणका समयमा दुई देशबीचको बहुआयामिक सम्बन्धको समीक्षा हुनेछ । साथै आपसी हित, समकालीन क्षेत्रीय तथा वैश्विक मुद्दामाथि पनि दुई नेताले विचार-विमर्श गर्ने भारतीय विदेश मन्त्रालयको भनाइ छ ।