April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चौविस घण्टा पनि टिकेन खनाल भुसाल सहमति

885

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षको प्रतिस्पर्धामा देखिएका २ नेताहरू झलनाथ खनाल र घनश्याम भुसालवीच भएको भनिएको सहभति एक दिन पनि टिक्न सकेन ।

सम्मानित नेता खनालले भुसाललाई अघि सारेर आफू व्याक भएको भनिएको एक दिन नवित्दै नेता खनालको पक्षबाट त्यस्तो नभएको भन्दै विज्ञप्ति सावजनिक भएपछि खनाल र भुसाल पक्षवीच दरार सृजना भएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीका एक नेताले भने नेताहरुको भेटघाटलाई लिएर भएका गतिविधिलाई अनावश्यक उचालेर पक्ष विपक्ष वन्ने कार्यले स्वयं २ नेताहरुविच नै दरार सृजना भएको छ ।

Advertisement

हुन पनि दुई मध्ये भुसाललाई अध्यक्षमा अघि सार्ने भन्ने विषयमा दुई नेतावीच भएको भनिएको सहमति एक दिन नपुग्दै भत्किएपछि पक्षधर नेता कार्यकर्ता विच नै दरार उत्पन्न भएको हो ।

माधव नेपालको बिकल्लापमा आफु अध्यक्ष हुने भन्नेर दाबी गरेका दुइ नेता झलनाथ खनाल र घनश्याम भुशालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खनाल सचिवालयको तर्फबाट निकालिएको खण्डनले स्वयं उनिहरुविच दरार सृजना भएको बताईन्छ ।

अध्यक्ष नेपाल विरुध्द तयारी भएका खनाल र भुसालविच छोटो समयमै यसरी दरार उत्पन्न भएपछि स्वयं पक्षधर कार्यकर्ताहरु नै अल्मलमा परेको स्रोतको दावि छ ।

यसैबीच ​​​​​​​ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् । त्यतिमात्र होइन खनालको सचिवालयको तर्फबाट बिज्ञप्ति नै सार्वजनिक भएपछि दुई नेता विच थप दरार उत्पन्न भएको बताईन्छ ।
विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो । नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् ।

बिहीबार मात्रै पनि सबै प्रदेशका अध्यक्षहरु खनाल निवासमै पुगेर भेटघाट गरी अधिकार सहितको सम्मानित नेता भएर एकतावध्द भएर सर्बसहमत नेतृत्व चयन गर्न अनुरोध गरेका थिए ।

अघिल्लो दिन भुसाललाई सहमति दिएको भनिएको खनाल पक्ष त्यसको भोलिपल्टै फेरी किन र कसरी आफैं नेतृत्व नछाड्ने पक्षमा उभिन पुग्यो यो भने समय सन्दर्भले ने देखाउला एक नेताले भने ।

नेतृत्व छनौट प्रकृया पेचिलो वन्ने भएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न , पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव समेत दिएका थिए ।

कोशीबाट बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, बागमतीका सावित्रा भुसाल,गण्डकीका श्रीनाथ बराल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी भएका थिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबिच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गरिएको सहभागि नेताल बताए ।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।