April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

आईसीसी विश्वकप: अमेरिकालाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

1.1K

काठमाडौं । इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ । आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै विकेट नगुमाई भेट्टाएको थियो ।

इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए । आक्रामकरूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए ।