April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पपुवा न्यूगिनीलाई हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सुपर–८ मा

1K

काठमाडौं । पपुवा न्यूगिनीलाई हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सुपर–८ मा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा अफगानिस्तानले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

यसअघि ब्याटिङ गरेको पपुवा न्यूगिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।

Advertisement

यस समूहबाट वेस्ट इन्डिज पनि यसअघि नै ‘सुपर–८’ मा पुगिसकेको छ। न्यूजिल्यान्डसँगै पपुवा न्यूगिनी र युगान्डा बाहिरिएका छन्।

त्यस्तै, समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट अस्ट्रेलिया र समूह ‘डी’ बाट दक्षिण अफ्रिका अर्को चरणमा पुगिसकेका छन्।

अब नेपालले शनिबार बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अन्तिम खेलमा सोमबार बिहान ५ः१५ बजे बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।