November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रतिक्रियावादीहरूका कारण एमाले फुट्यो: ओली

1.4K

काभ्रेपलान्चोक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले विभाजन हुनुमा वैचारिक र वैयक्तिक विमति रहनु मात्र नभएको बताए।

साेमवार काभ्रेको धुलिखेलमा ११औं काभ्रे जिल्ला अधिवेशनकाे उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेकाे शक्ति देखेर देशीविदेशी प्रतिक्रियावादीहरूको बलमा एमालेलाई टुक्र्याइएकाे आरोप लगाएका हुन्।

उनले भने, “नेकपा एमाले समृद्ध नेपाल ,सुखी नेपालीको नारा लिएर अगाडि बढेकाे धेरैलाई मन परेको थिएन । हामीले गरेका कामबाट असन्तुष्टहरुले एमाले विभाजन गर्ने खेल खेले । यो पार्टी भित्रकाे कुनै वैचारिक र वैयक्तिक लडाइँ नभई प्रतिक्रियावादीहरूको सिकार बन्नु परेको हो ।”

Advertisement

नेकपा एमाले जनताको पार्टी भएको र देशलाई प्रगतिकाे बाटाेमा लैजाने एकमात्र दल भएकाले चौतर्फी घेराबन्दी गरी सिद्याउन खाेजिएकाे उनको आराेप छ।

एमाले ८४ काे निर्वाचनमा बहुमतकाे सरकार बनाउने गरी लागेकाे बताउदै अध्यक्ष ओलीले काभ्रे जिल्ला अधिवेशले मिसन ८४ लाई थप बल पुग्ने विश्वास व्यक्त गरे । एमाले जनताले चाहेकाे विकास र समृद्धकाे खाका काेर्ने पार्टी भएको भन्दै अन्य दलहरु सत्ता र सरकारकाे पछि लाग्ने गरेको उनको जिकिर थियो ।