विराटनगर । जनता समाजवादी पार्टी(जसपा) नेपालको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ । उपेन्द्र यादव नेतृत्वको जसपाको महाधिवेशन जनकपुरमा सोमबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपालका सबै राजनीतिक दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र भने उद्घाटन समारोहमा उपस्थित हुने जसपा नेपालका नेता जितेन्द्र यादवले जानकारी दिए ।
महाधिवेशनले जसपा नेपालको नेतृत्वसमेत चयन हुने भएको छ । पार्टी अध्यक्षमा उपेन्द्र यादवको विकल्पमा अहिले कसैले इच्छा नजनाएको नेता यादवले बताए ।