विराटनगर । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ ।
कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा सनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा वहृत प्रदर्शन गरेको हो ।
संसरीमाइस्थान मन्दिरबाट सुरु भएको र्याली महेन्द्रचोकमा पुगर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महातोले राज्यले सबैले सबैको अधिकार डकैती गरेको आरोप लगाए । उनले कोशीले नभएर लिम्बु, खम्बु, मेधेसी, कोचिलाले पहिचान मागेको बताए । विगतका दिनमा समेत जर्बजस्ती गोली चलाएर मधेश आन्दोलनको अत्य गर्ने प्रयत्न गरेको भन्दै उनले बन्दुक चलाएरै संविधान जारी गरेको बताए । उनले जारी भएको संविधानमा समेत जनताको समस्या नलेखिएको बताए । अहिलेसम्म सातवटा संविधान बनेको भएपनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको उनले बताए ।
कोणसभामा नेता बुद्धछिरिङ मोक्तान, समान नेपालका संयोजक सिएन थारु, राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डका संयोजक सनाम लिम्बू लगायतले आफ्नो धारणा राखेका थिए ।
