April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय मुक्ति क्रान्तिले सनिवार विराटनगरमा बृहत प्रदर्शन गर्दै

1.7K

विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले सनिवार विराटनगरमा बृहत प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डको आयोजनामा गरिएको पत्रकार सम्लेनमा बोल्दै पूर्व उप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले विराटनगरमा बृहत प्रदर्शनी हुने जानकारी दिएका हुन् ।

‘प्रदेशको संरचना पनि मिलेको छैन । संरचना पुनः संसोधन हुनपर्छ र कोशी नाम खारेजी हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने,‘हाम्रो भोलीको वृहत प्रदेर्शनीमा यही दुईवटा एजेण्डा रहन्छ ।’

Advertisement

उनले कोशी नदीको नामबाट प्रदेशको नाम राखिएको बताउदै उनले भने,‘ कोशीले पहिचान मागेको हाईन, लिम्बू, खम्बु, कोचिला, मधेसका जनताले पहिचन मागेको हो ।’
राज्यले जनभावना अनुसार प्रदेशको नाम कोशी दिएकाले पनि कोशी नाम खारेजीको माग राखेको उनको भनाई थियो ।

सदनले पारित गर्ने कुरा सम्भव हुन्छ त ? भन्ने प्रश्नमा उनले परिवर्तनको एजेण्डा सडकका जनताले निर्धारण गर्ने बताए ।
‘ सडकबाट आएको एजेण्डा व्यवस्थित सदनले गरेको हुन्छ, त्यो जनताको एजेण्डा सदनबाट बेमान भएपछि विद्रोह हुन्छ,’ उनले भने ।

ठूला दल एमाले, काँग्रेस र माओवादीले पहिचान सहितको संघीयता दिने भन्ने प्रतिवद्धता जनाएपनि उनीहरुले बेमान गरेको उनले आरोप लगाए ।