काठमाडौं । आईसीसी टि २० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।अमेरिकाको डालसमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो।
टस गारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्डलाई १०७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेदरल्यान्डले उक्त लक्ष १९ औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट १ रनमै आउट भए पनि अन्य ब्याटरले सम्हालिएर प्रदर्शन गरेका थिए ।