April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती प्रधानमन्त्रीको कार्यालयमा मनाइयो बुद्ध जयन्ती

1.2K

लन्डन । लन्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय तथा निवास १० डाउनिङ स्ट्रिटमा बुद्ध जयन्ती मनाइएको छ । गत वर्षहरुमा बेलायतको संसद् भवनभित्र बुद्ध जयन्ती मनाइन्थ्यो भने यसपल्ट प्रधानमन्त्रीको कार्यालय र निवासमा मनाइएको हो ।

बिहीबार १० डाउनिङ स्ट्रिटमा आयोजित २५६८ औं बुद्ध जयन्ती बुद्ध जयन्ती समारोह सामाजिक आवास,धार्मिक आस्था तथा लर्ड्ससम्बन्धी ब्रिटिस उपमन्त्री ब्यारोनेस स्कट ब्रुक ओबीइले गरेकी थिइन् । उनले संयुक्त राष्ट्रसंघका अनुसार बेलायत संसारकै सबैभन्दा बढी विविधतायुक्त मुलुक भएको बताउदै गौतम बुद्धको सन्देश वर्तमान विश्वमा अरु बढी सान्दर्भिक भएको पनि बताइन् ।

समारोहमा नेपाल, श्रीलंका र भारतका राजदूतहरु साथै नेपाल, जापान, युके, श्रीलंका र भारतका बौद्ध भिक्षुहरु सहभागी थिए ।

Advertisement

कार्यक्रममा बेलायत भ्रमणमा रहेका लामागुरु खेन्पो सन्तोष गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङ, बार्नेट काउन्सिलका पूर्वउपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए युकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, पूर्वकाउन्सिलर सेवानिवृत्त मेजर चित्र रानालगायत विभिन्न मुलुकका झन्डै १०० जनाको सहभागिता थियो ।