November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतमा ट्रकले किचेर फुटपाथमा सुतिरहेका १३ मजदूरको मृत्यु

4.2K

नयाँदिल्ली–भारतको गुजरातमा ट्रकले किच्दा सडकनजिकै सुतिरहेका १३ मजदूरको मृत्यु भएको छ। गुजरातको सूरतस्थित कोसाम्बानजिकै उक्त दुर्घटना भएको हो।

मृत्यु हुनेमा अधिकांश राजस्थानको बाँसवाडा जिल्ला कुशलगढका रहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार उखुले भरिएको ट्रयाक्टरसँग ठक्कर खाँदा ट्रक मजदूर सुतिरहेको फुटपाथमा पुगेको थियो।

उक्त समय १८ जना सुतिरहेकोमा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्य ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

Advertisement