विराटनगर । सुनसरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।