November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

1.2K

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण अर्पण गरेकी छिन् । ३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगेर पूर्वराष्ट्रपति भण्डारीले माल्याणपणसहित श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

स्मृतिसभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा लगायत शीर्ष नेताहरूको उपस्थिति थियो ।

उनीहरूले मदन—आश्रितको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका थिए ।

Advertisement

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।