April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध

960

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

मन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँगको भेटको क्रममा भिसाका लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

दुईबीचको भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसीहितका विषयमा छलफल भएको बताइएको छ ।

Advertisement

छलफलका क्रममा राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन् । उनले रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको पनि बताइन् ।

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाको लागि सात हजार ८०० भिसा जारी गरेको छ । गतवर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेका छन् ।